रविवार, 18 जुलाई 2010

जुनमा तिमि


जिन्दगीका पल-पल
तिम्रो मायामा ढलपल,
याद आउछ हरपल
चोखो मायाको तलतल,
सितारा झैँ मलमल
तिम्रो रुप झलमल
खोजि हिडें जलथल
जुनमा तिमि टलपल !!

मनको व्यथा

मैले पनि तिमीलाई माया गर्थे मनमन,
त्यो मनदेखि यो मनसम्म कुन तुलोले जोख्यौ भन
मेरो माया तिम्रो माया देउरालीमा फूलपाती,
मनको व्यथा मनले बुज्यौ प्यारी तिमि कति जाति
दिलको ढोका बन्दै होला परेलीको आँखीझ्याल खुलै राख्नु,
मेरो माया तिम्लाई नै हो पर्ने छैन भाकी राख्नु
सुख-दु:ख, आँशु- हाँसो माया प्रेमको भेल हो कि,
खाली सिंउदो पोतिदिन्छु गनी-गनी तिन चोटी !!!!

उसको भाउ


जसलाई मैले भाउ दिएँ,
उसले मलाई घाउ दियो !
जब उसको भेउ पाएँ,
त्यसपछि छेउ लाएँ !
अझै पनि आकल-झुकल
छाल बनेर धक्का दिन्छ,
यो कोमल दिलमाथि
सारंगी सम्झी रेट्नु रेट्छ !!

भ्रममा नपर



मेरो लेखाइको शब्द सँग तिमी भावनामा डुब्ने नगर,
मेरो हृदयको बातसँग तिमी खुल्ने प्रयास गर !
आकाशको तारा झारी चुल्ठो सजाउँछु भन्नेको
भर त के तिमि कहिल्यै आशै नगर !
आवरणका जलपहरुमा मोहित हुन सक्छौ
जलप र सुनको भ्रममा नपर !
तिमी जे जे गर गर तर यो मनले त्यो मन सँग
लगाएको मायाको शंका कहिलयै नगर !!!