शुक्रवार, 12 अगस्त 2011

गजल : जिन्दगीको त्यो पल

पन्चै बाजा झ्याँइं-झ्याँइं, बिचमा डोली डोर्याएर

कहिले होला ल्याउने, घरमा घुम्टो ओढाएर

आँगनमा जग्गे बनाइ, उमंगको उत्सवमा

बस्नु कहिले दाहिना, ढाका टोपी ढल्काएर

लाली पोती सोह्र सृंगार, खेली-खेली त्रिपासा

सगुन खाने कहिले हो, माउर चटाई पल्काएर

घुमी-घुमी सातै चोटी, अग्निलाइ साक्षी राखी

भित्र्याउने कहिले हो, खालि सिउँदो रंग्याएर !

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें