शुक्रवार, 12 अगस्त 2011

नफुलेको कोपिला


कल्पना,
सपना
अनि
भावनामा गुजुल्टिएका
मनोभावका लहरो,
मनको ढुक-ढुकीले
तान्यो,
तानिरह्यो.....
अनि
गर्ज्यो बज्रपातका पहरोहरु
हाम्रा मायाका कोपिलाहरु
चाहना मेरो
मगमग,
वासनादार
अनि
सुगन्धित फुल भएर फुलिदिउन,
हाम्रो जिन्दगीको प्रत्येक हाँगा-हाँगाहरुमा !
तर ....
प्रेमिल जल सिंचित हुँदा-हुँदै
त्यो कोपिला
फुल भएन...
फुल्दै फुलेन,
फक्रिएन...
फक्रिनै सकेन
किनकि
त्यहि कोपिला माथि
असिना बजारियो
अर्को हिमपात थोपरियो
झर्यो ....
कोपिलामै ....
फुल्नै नपाइ
ओईलिगयो !
तापिलो मनोभाव
भर्भराउँदा-भर्भराउँदै,
उनि आईनन्
मनको अगुल्टो जोड्न !
म हेरिरहें ...
दनदनी दन्किएको
भावनाका मुस्लोहरुलाई
भावुकतामा ब्यकुलता हुँदै,
उनको लामो प्रतिक्षामा !
पिल-पिले आशाहरु
निभ्दा-ननिभ्दै
उनि आउँछिन
प्यारले अगुल्टो नजोडे पनि
आक्रोशका मायाहरु
पोख्दै ......
एकचोटी,
ति कोईला हुदै गरेका मनका अगुल्टो ठोसिदेलान् !
अँह...
त्यसो भएन
मेरा आशाका त्यान्द्रो
चुँडियो
प्रेम रुपी चङ्गा,
क्षितज पारि बिलिन भयो !
धागो रुपी भावनाका लठारो
आफ्नै मनमा गुजुल्ट्याएर राखें !
अब उँड्दैन
मनको चङ्गा
हृदयको लटाई सँग कहिल्यै भेट हुदैन !
छिन्यो....
अब कहिल्यै गाँसिदैन !
टर्यो.......
टरेरै सकियो,
अब हाम्रो नाता कहिल्यै जोडिदैन !
झर्यो ....
मन मारेरै गयो
अब प्रेमको बिरुवा कहिल्यै रोपिदैन !

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें